
सुर्खेत, १४ असार । मौसममा आएको खराबीका कारण कर्णालीको हवाई उडान प्रभावित भएको छ ।
मौसम बदलीकै कारण मंगलबार काठमाडौँबाट सुर्खेतमा हुने हवाई उडानहरू रद्द भएका छन् भने सुर्खेतबाट हुम्ला, डोल्पामा हुने हवाई उडान तीन दिनदेखि बन्द छ ।
सडक सञ्जाले नजोडिएको जिल्ला डोल्पा र हुम्लामा हवाई उडान नहुँदा यात्रुहरू समस्यामा परेका छन् । नेपालगन्ज र सुर्खेत आउने र जानेहरू एयरपोर्टमै बस्न बाध्य भएको डोल्पाका सदरमुकाम दुनैका रामबहादुर बुढाले बताए ।
‘सडक सञ्जलासँग नजोडिएको हवाई मार्गमार्फत यात्रा गर्दै आएका थियौं ।’ उनले भने, ‘तीन दिनदेखि हवाई उडान नहुँदा सास्ती भोग्नु परेको छ ।’















प्रतिक्रिया