५ कार्तिक २०८३, बिहिबार

हैजासम्बन्धी समस्या समाधान गर्न हटलाइन सेवा सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । काठमाडौं महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबीसै घण्टा हटलाइन टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाडौंका विभिन्न वडामा हैजाका बिरामी बढ्दै गएपछि महामारीको आशंका गरिएको छ । त्यसैले जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले मंगलबारदेखि २४ घण्टा हटलाइन सेवा सञ्चालन गरेको हो ।

नागरिकलाई जनस्वास्थ्य सम्बन्धी कुनै समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन सकिने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।