मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

कामना सेवा विकास बैंकद्वारा १७ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

दैनिक नेपाल २०७९ असार १३ गते १९:३१

काठमाडौँ, १४ असार । कामना सेवा विकास बैंक लिमिटेडले सोमबारबाट कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं. १ को पथरकोटमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

पथरकोटस्थित इन्द्र जनरल स्टोर्स्का इन्द्र मणि बेलबासेलाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

वडा नं.१ का वडा अध्यक्ष तिलकबहादुर बस्नेतले शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

कार्यक्रममा व्यवसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शाखारहित बैंकिङ्गमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरु प्रदान गरिनेछ ।

यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंक प्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित