४ कार्तिक २०८३, बुधबार

सञ्चार मन्त्रीलाई एमालेको ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Yemale

काठमाडौं, १९ वैशाख । नेकपा एमालेको केन्द्रीय प्रचार विभागले सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाललाई राहत बितरण कार्यमा राजनीतिकरण र अनियमतिता रोक्नको लागि समयमै पहल गरियोस भन्दै ध्यानाआकर्षण गराएको छ । शनिवार मन्त्री रिजालकै कार्यकक्षमा भेटी विभागले यस्तो ध्यानाकर्षण गराएको हो ।

प्रचार विभाग प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल र महासचिव माधव नेपालले मन्त्री रिजाललाई भेटी सरकारले गरेका कामहरुको आधिकारिक र नियमित ब्रिफिङ गर्न समेत दवाव दिएका छन् । विदेशी संञ्चार माध्ययममा नेपाल राष्ट्रको एकता, अखण्डता, सामाजिक सद्भाव र मित्र राष्ट्रहरुसँगको सु–सम्बन्धमा आँच आउने खालको समाचार प्रकाशन र प्रशारण भइरहेको भन्दै विभागले यस्ता गतिविधिलाई तत्काल रोक्न सुझाव दिएको छ । विदेशी सञ्चार माध्यमका प्रतिनिधिहरुलाई प्रभावित स्थलहरुमा सरकारको जानकारी र समन्वयमा मात्रै रिर्पोटिङको व्यवस्था गर्न समेत मन्त्रीलाई विभागको सुझाव छ । मन्त्री समक्ष विदेशी पत्रकारहरुलाई राज्यको तर्फबाट आधिकारिक ब्रिफिङको व्यवस्था मिलाई नेपाल राष्ट्रको हित र प्राथमिकता अनुरुप सहयोगी भावनाले परिचालन गर्न आग्रह गरेको विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

भुकम्पले संचार माध्यम र संचारगृहमा पुर्‍याएको क्षतिको स्थलगत अध्ययन गरी उनीहरुलाई यथाशिघ्र राहत र क्षतिपुर्तिको व्यवस्था गर्न पनि विभागले दावाव दिएको छ । विभागले सञ्चार माध्ययमको क्षतिग्रस्त संरचनाको निर्माणमा केही प्रतिशतसम्म व्याज मिनाहा गर्न, पुनःनिर्माणमा अनुदानको व्यवस्था गर्न, नयाँ संञ्चार उपकरण खरिदमा भन्सार छुटको व्यवस्था गर्न समेत सरकार समक्ष माग गरेको छ ।