१ कार्तिक २०८३, आइतबार

धनुषाबाट पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । धनुषा प्रहरीले अमेरिकन पेस्तोलसहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको मुजफ्फरपुर–७ साहेबगंज बस्ने २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्वल कुमार र २६ वर्षीय संजय कुमार रहेका छन् ।

सोमबार दिउँसो सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीको कमाण्डमा खटेको प्रहरी टोलीले धनुषाको विदेह नगरपालिका–१ महिनाथपुरस्थित सीमानाकामा जकपुरधामबाट भारततर्फ जाँदै गरेको बि आर ०६ एपी ३००८ नम्बरको मारुती सुजुकी कारलाई चेकजाँच गर्दा सो कारको अगाडी पट्टीको बायाँ साईडको सिटमुनिबाट मेड इन युएसए लेखिएको ७.६५ राउण्ड एक थान लोड भएको पेस्तोल बरामद गरेको हो ।

हतियारसहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको छ ।