
काठमाडौँ, १३ असार । आफ्नै डेरामा शनिवार मृत फेला परेकी लोकदोहोरी गायिका दिलमाया सुनारको शव व्यवस्थापनमा लाग्ने सबै खर्च दोहोरी गीत प्रतिष्ठानले व्यहोर्ने भएको छ।
प्रतिष्ठानले नै सबै खर्च व्यहोर्ने भएकाले दिलमायाका नाममा कसैले पनि आर्थिक संकलन नगर्न प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले आग्रह गरेका छन्।
दिलमायाको टिचिङ अस्पतालमा आइतबार पोस्टमार्टम हुँदैछ। उनको शव व्यवस्थापनमा कठिनाई भएको भन्दै उनका नजिकका केही व्यक्तिले आर्थिक संकलन अभियान सुरु गरेका छन्। विदेशमा बस्ने नेपालीले पनि आर्थिक सहयोग सुरु गरेको जनाएका छन्।
बीजी भन्छन्, ‘दिलमायालाई न्याय खोजौं, पैसा नबटुलौं। आवश्यक खर्च संस्थागतरुपमा व्यहोर्न प्रतिष्ठान तयार छ। कमसेकम घटनाको पूर्ण विवरण त आउन दिनुस्।’















प्रतिक्रिया