धनगढी, १९ वैशाख । यातायात क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको कर्णाली रिभर यातायात समितिले यात्रुलाई सहुलियत दिन धनगढी काठमाडौं रुटको भाडा घटाएको छ ।
भूकम्प पीडितका लागि राहत होस् भन्ने उद्देश्यले सोमबारदेखि धनगढी–काठमाडौं, काठमाडौं–धनगढी रुटमा भाडा घटाएको कर्णाली रिभर यातायात कैलालीले जनाएको छ । कर्णाली रिभर यातायातको शनिबार बसेको बैठकले धनगढी-काठमाडौं रुटमा भाडा एक हजार बनाएको हो ।
काठमाडौंमा सुदूरपश्चिमका भूकम्पपीडित धेरै भएकोले त्यहाँका यात्रुहरुको भावनाको मध्यनजर गर्दै धनगढी–काठमाडौं रुटमा भाडा दर घटाएर एक हजार बनाएको कर्णाली रिभर यातायातका उद्धार उपाध्यक्ष योगेश मल्लले जानकारी दिनुभयो ।
घटाएको भाडा दर भन्दा बढी बस व्यबसायीले लिएमा समितिमा जानकारी गर्न समेत कर्णाली रिभर यातायातले जनाएको छ ।
देश महाभूकम्पले शोेकमा डुबेको बेला कर्णाली रिभर यातायातले पनि केही हद सम्म भएपनि राहत दिने उद्देश्यले धनगढी काठमाडौं रुटमा भाडा दर घटाएको कर्णाली रिभर यातायातका अध्यक्ष धिरज शाहीले जानकारी दिनुभयो ।















प्रतिक्रिया