१ कार्तिक २०८३, आइतबार

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा रुकुमको भुमे गाउँपालिका चुनवाङमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रुकुम जिल्लाको भुमे गाउँपालिका ९ चुनवाङ रुकुमपूर्वमा असार १० गतेदेखि ९६ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।

सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी भिम प्रसाद पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

बैंकको देशैभरी फैलिएका आफ्ना १७५ वटा शाखा, १२७ वटा ए.टि.एम. र ९६ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।