१ कार्तिक २०८३, आइतबार

नयाँ मन्त्रीले सपथ लिएसँगै सम्हाले कार्यभार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री बनेकाहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई शीतल निवासमा आयोजित समारोहमा शपथ ग्रहण गराएकी हुन् ।

मन्त्रिपरिषद पुनर्गठनमा नेकपा एसका जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

उनीहरुले सपथलगत्तै कार्यभार सम्हालेका छन् ।