२ कार्तिक २०८३, सोमबार

बुलफाइटका क्रममा तीनतल्ले स्ट्यान्ड भत्किँदा चार जनाको मृत्यु (भिडियोसहित)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलम्बिया, १३ असार । मध्यकोलम्बियामा बुलफाइटका क्रममा एउटा स्ट्यान्ड भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।

मृत्यु हुनेमा दुई महिला, एक पुरुष र एक जना बालक छन् । उक्त घटनामा कम्तीमा ३० जना गम्भीर घाइते भएका छन् । भिडियो फुटेजमा एल एस्पिनल रंगशालामा दर्शकहरूले भरिएको तीन तले काठको स्ट्यान्ड खसेको देखिन्छ ।

परम्परागत ‘कोरलेजा’ कार्यक्रममा सर्वसाधारणको आकर्षण बढ्दो छ । राष्ट्रपतिमा निर्वाचित गुस्ताभो पेट्रोले स्थानीय अधिकारीहरूलाई त्यस्ता कार्यक्रमहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् ।

‘मानिसहरू वा जनावरहरूको मृत्यु हुने घटनाहरूलाई अनुमति नदिन म मेयरहरूलाई आग्रह गर्दछु’, उक्त घटनापछि उनले भने । यस्तो दुर्घटना पहिलो पटक नभएको पनि उनले बताए ।

https://youtu.be/7dZ2TrCF5ss