१ कार्तिक २०८३, आइतबार

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट एयरलाइन टिकटमा २० प्रतिशत ‘क्यास व्याक’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असार । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग (एनआईसी एशिया एमओबैंक) एपमार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक हुने योजना सार्वजनिक गरेको छ ।

बैंकले २०७९ असार १२ गतेदेखि २०७९ असार १८ गतेसम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहक महानुभावहरूले एनआईसी एशिया एमओबैंक प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नुहुनेछ ।

डिजिटल बैंकिङ्गको अवधारणा अनुरुप एनआईसी एशिया एमओबैंकमार्फत टिकट बुकिङमा ग्राहकमहानुभावहरुले पहिलो टिकट बुकिङमा रु. ५०० अधिकतम एंव दोश्रो पटकबाट रु. १०० सम्म क्यास व्याक प्राप्त गर्न सक्नु हुनेछ ।

यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।