१ कार्तिक २०८३, आइतबार

आलेको दावीः ९० प्रतिशत सफल भएँ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असार । पर्यटनमन्त्री प्रेम आलेले राजीनामा घोषणा गर्दै आफ्नो कार्यकाल ९० प्रतिशत सफल भएको दावी गरेका छन् ।

आइतबार साँझ पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दै आलेले मन्त्री पदमा बस्दा ९ महिना पत्तो नपाइ बितेको बताए ।

उनले भने, ‘मैले प्रक्रियामा भन्दा परिणामलाई प्राथमिकतामा राखेँ । यदि मलाई कुनै पत्रकारले आफ्नो कामबाट कति सन्तुष्ट हुनुभयो भनेर सोधेमा मेरो उत्तर हुन्छ–९० प्रतिशत सफल भएको छु । बाँकी जनताले नै मूल्यांकन गर्नेछन् ।’