१ कार्तिक २०८३, आइतबार

पनिकाले २०७७ को एसईईको प्रश्नपत्र बेच्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र बेच्ने भएको छ ।

कोभिड १९ का कारणले २०७७ सालमा एसईई सञ्चालन हुन नसक्न निकामै रहेका प्रश्नपत्रहरुको बिक्री गर्न एसईई परीक्षा नियन्त्रण कार्यालयले बोलपत्र आह्वान गरेको छ ।

झुरा कागजमा राजश्व उठ्ने गरी बेच्नको लागि बोलपत्र आह्वान गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार करिब २० करोडलागतमा छापिएको प्रश्नपत्र करिब तीन ट्रक छ । यी प्रश्नपत्र बोरामा हालेर परिसरमा राखिएको छ । यसअघि २०७६ सालको प्रश्नपत्र प्रहरीको रोहबरमा जलाइएको थियो ।