१ कार्तिक २०८३, आइतबार

झाँक्रीले झुलाइन् पत्रकार

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असार । शहरी विकासमन्त्री रामकुमारी झाँक्री राजीनामा बुझाउन प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटार पुगेकी छन् ।

आइतबार साँझ पत्रकार सम्मेलन गर्ने भनेर पत्रकारलाई सिंहदरबार बोलाई आफू भने सुटुक्कै बालुवाटार पुगेकी हुन् ।

यसअघि झाँक्रीले पौने ५ बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्ने कार्यक्रम रहेको बताइएको थियो ।

उनलाई आजै विदाइ गर्न मन्त्रालयका कर्मचारीहरू स्ट्यान्डबाइ छन् । तर झाँक्री भने त्यहाँ मुख नै नदेखाइ बालुवाटार पुगेकी हुन् ।

स्रोतका अनुसार राजीनामा बुझाएर सम्मेलन गर्ने बुझिएको छ ।