
काठमाडौँ, १२ असार । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् ।
झाँक्रीले पत्रकार सम्मलेनमार्फत राजीनामाबारे जानकारी दिन लागेकी हुन् ।
संसदमा प्रश्नहरुको जवाफ दिए लगत्तै झाँक्रीले पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्न लागेकी हुन् ।
आजै पर्यटनमन्त्री प्रेम आलेले पनि राजीनामाबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै छन् । उनले यसअघि अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् ।















प्रतिक्रिया