१ कार्तिक २०८३, आइतबार

शेयर बजारमा उछाल, एकै दिन ९४ अंकले बढ्यो नेप्से, २ अर्ब बढी कारोबार

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असार । लामो समयपछि शेयर बजारमा उछाल आएको छ ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९२ अंकले बढेको छ ।

आजको दिन ९४.९२ अंकले बढ्दै नेप्से १९५६.९९ बिन्दुमा पुगेको छ ।

आजको दिन करिब सबै कम्पनीहरुले कमाएका छन् । त्यस्तै, करिब २० कम्पनीले १० प्रतिशत बढी मुनाफा आर्जन गरेका छन् । कारोबार रकम पनि ह्वात्तै बढेको छ ।

आइतबार विभिन्न कम्पनीका ७६ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब १९ करोड ६१ लाख बढी कारोबार भएको छ ।

केही महिनापछि २ अर्ब बढीको कारोबार भएको हो ।