
चितवन, १२ असार । पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिक पहिरो खस्द सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज दिउँसो साढे १२ बजेतिर झरेको पहिरोले काठमाडौं–मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।
पहिरोका कारण काठमाडौँ आउने र जाने सवारीहरु जाममा परेका छन् ।















प्रतिक्रिया