१ कार्तिक २०८३, आइतबार

म राजनीतिबाट बाहिरिएको छैनः रवीन्द्र मिश्र

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असार । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू राजनीतिबाट टाढा नरहेको बताएका छन् ।

आफूले अध्यक्षबाट मात्रै राजीनामा दिएको बताउँदै राजनीतिबाट टाढा नरहेको मिश्रले उल्लेख गरेका हुन् ।

‘स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो, राजनीतिबाट होइन’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीमा १६३ जना केन्द्रीय सदस्यहरू हुनुहुन्छ । पार्टी उहाँहरूले अगाडि लैजानु नै हुनेछ भन्ने विश्वास लिएको छु। म साधारण सदस्य रहने नै छु ।’

त्यस्तै, राजनीतिको आफ्नो उद्देश्य देशको दुरगामी हित रहेको बताउँदै उनले त्यसका लागि आफू लागिरहेको आशय व्यक्त गरेका छन् ।

‘राजनीतिको मेरो एउटै मात्र लक्ष्य भनेको यो देशको दूरगामी हित र दशकौँदेखि जसको नाममा राजनीति गरियो तर जसलाई राजनीतिले कहिल्यै स्पर्शै गरेन तिनको जीवनको रूपान्तरण हो। ती दुई लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन’, मिश्रले उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘कसरी त्यो सम्भव होला भन्ने मन्थनमै छु । मन्थनबाट निस्किएको निष्कर्ष लिएर उपस्थित हुने नै छु ।’