१ कार्तिक २०८३, आइतबार

उर्लाबारीमा जन्म दिन मनाउन आएका वृद्ध मृत भेटिए

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १२ असार । मोरङको उर्लाबारीमा आफन्तको जन्मदिन मनाउन आएका एक बृद्ध मृत फेला परेका छन् ।

झापाबाट मोरङ पाहुना आएका ६६ वर्षीय नैनसिंह विकको शव आइतबार खेतमा भेटिएको प्रहरीले जनाएको छ ।

उनी बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा आएका थिए ।

बिकको शव घोप्टो परेको अवस्थामा भेटिएको हो । मृत्युको कारण भने खुलेको छैन ।

शवको पोस्टमार्टमको लागि मंगलबारे अस्ततालमा राखिएको छ ।