१ कार्तिक २०८३, आइतबार

ठेलामा पानीपुरी बेच्न रोक लगाउने ललितपुरको निर्णय

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असार । ललितपुर महानगरपालिकाले ठेलामा पानपुरी बेच्न रोक लगाउने निर्णय गरेको छ ।

काठमाडौँमा हैजाको संक्रमण देखिन थालेपछि ललितपुर महानगरले यस्तो निर्णय गरेको हो ।

बागबजारको पानीमा हैजाको जीवाणु फेला परेसँगै त्रास फैलिएको छ ।

ललितपुरमा सोमबारबाट ठेलामा पानीपुरी बेच्न रोक लगाइएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिएका छन् ।

उनले अर्को निर्णय जारी नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न नपाइने बताए ।