
काठमाडौँ, १२ असार । पछिल्लो समय निष्क्रिय रहेका कम्युनिस्ट नेता एवम् राष्ट्रिय सभाका सदस्य वामदेव गौतम चन्द्रागिरी पुगेका छन् ।
हाल कुनै पनि दलमा नरहेको गौतमको भएको नेकपा एकता राष्ट्रिय अभियान छ ।
आइतबार विहानै गौतम ६५ जनाको दलबलसहित चन्द्रागिरी केबलकार चढेर चन्द्रागिरी पुगेका हुन् ।
गौतम आफ्नो नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय कमिटीको प्रथम बैठकका लागि चन्द्रागिरी पुगेका हुन् ।
गौतमसहित नेकपा एमालेकी सांसद समेत रहेकी पत्नी तुलसा थापा पनि उपस्थित छिन् ।
अभियानको बैठकमा सहभागीहरुलाई उतै लन्चको व्यवस्था गरिएको छ । बैठकमा गौतमले प्रशिक्षण दिएका बताइएको छ ।















प्रतिक्रिया