५ कार्तिक २०८३, बिहिबार

गुल्मीमा ९० वर्षीय वृद्ध खोलामा मृत अवस्थामा भेटिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

गुल्मी, १२ असार । गुल्मीको चन्द्रकोट गाउँपालिकाका एक ९० वर्षीय वृद्ध खोलामा मृत फेला परेका छन् ।

चन्द्रकोट गाउँपालिकाका–७ रुपाकोट निवासी ९० वर्षीय नरहरि भण्डारी सत्यवती गाउँपालिका–६ को उर्लिखोलामा मृत फेला परेका हुन् ।

उनी बिहीबारदेखि घरबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । खोजी गर्ने क्रममा खोलामा उनको शव फेला परेको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।