
काठमाडौँ, ११ असार । नेकपा (एकीकृत समाजवादी)मा नयाँ विद्रोह भएको छ ।
आफूहरुलाई सरकारबाट फिर्ता बोलाउने पार्टीले गरेको निर्णयलाई चुनौती दिँदै पर्यटनमन्त्री प्रेम आलेले नयाँ मन्त्रीहरुको नयाँ सूची पेश गरेका छन् ।
पार्टीको निर्णय गरेका नामहरु समावेशी नभएको भन्दै आलेले नयाँ मन्त्रीहरुको नाम बुझाएर अध्यक्ष माधवकुमार नेपाललाई नयाँ चुनौती दिएका हुन् ।
उनले गैर सांसद र गैर समावेशी टिमको विपक्षमा सांसदहरूको समावेशी टिमको नाम सिफारिस गरेको बताइएको छ ।
हट्न लागेका मन्त्रीहरुले नयाँ मन्त्रीका लागि सांसद कृष्णलाल महर्जन, निरा जैरु, धनबहादुर बुढा र हिराचन्द्र केसीको नाम सिफारिस गरेका छन् भने राज्यमन्त्रीका लागि मुगुका सांसद गोपाल बमलाई राज्यमन्त्रीमा सिफारिस गरिएको छ ।
त्यस्तै, स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि समावेशी नभए नयाँ मन्त्रीहरु नमान्ने बताएका छन् ।
पार्टीले भने यसअघि नै जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ, शेरबहादुर कुँवर र हिराचन्द्र केसीको नाम सिफारिस गरिसकेको छ ।















प्रतिक्रिया