१ कार्तिक २०८३, आइतबार

काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ११ असार । काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-१५ अन्‍नपूर्ण चोकमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। बा.२ क ७२९३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०१७ प ०९६८ नम्बरको मोटरसाइकललाई ठक्‍कर दिएको हो।

जसबाट मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका-३ घर भई हाल काठमाडौं कंलकी बस्ने ४२ वर्षीय फडिन्द्रबहादुर कार्कीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।