
काठमाडौँ, ११ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा एमाले मुलुकको सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । स्थानीय तह निर्वाचनमा एक्लै निर्वाचन लड्दा केही मतले पछि परेको उनको तर्क छ । उनले निर्वाचनमा चार पाँच प्रतिशत मात्र मत बढाए एमाले पुनः पहिलो शक्ति बन्ने दाबी गरे ।
विगतमा मधेसमा चौथो पोजिसनमा रहेको एमाले स्थानीय तह निर्वाचनपछि अहिले दोस्रो पोजिसन कायम गरेकोमा उनको भनाइ छ । उनले मधेसको समस्या समाधानमा एमाले प्रतिबद्ध रहेको बताए ।















प्रतिक्रिया