१ कार्तिक २०८३, आइतबार

ठोरीमा बाघ नियन्त्रण गर्न प्राविधिक टोली खटिँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

पर्सा, ११ असार । ठोरी गाउँपालिका १ चौतारामा आतंक मच्चाएको बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली आउने भएको छ ।

निर्मल ठोरी उपभोक्ता समिति अध्यक्ष बालकुमार बस्नेतका अनुसार, शनिबार बिहान निकुञ्ज कार्यालय कसराबाट ३ हात्तीसहित टोली ठोरीका लागि हिँडेको छ ।

‘३ हात्तीमा ७ प्राविधिकसहितको टोली ठोरीका लागि शनिबार बिहानै कसराबाट हिँडेको छ,’ उनले भने, ‘साँझसम्म प्राविधिक टोली ठोरी आइ पुग्नेछ ।’ टोलीले बाघलाई लठ्ठ्याएर नियन्त्रणमा लिने छ ।

स्थानीय जगेन्द्र पौडेलका अनुसार, बुधबारदेखि मानव बस्ती प्रवेश गरेको एउटा बाघले घर पालुवा चौपाया खोरबाटै लान थालेको छ । राति आउने बाघले घरपालुवा चौपाया खोरबाट लगेको देखेपछि स्थानीय पनि आतंकित भएका छन् ।

गत साता चौतारा नजिकको निकुञ्जको वन क्षेत्रमा २ वटा बाघ जुधेर त्यसमध्ये एउटा मरेको थियो । भाले बाघ मृत फेला परेपछि अर्को बाघ मानव बस्ती नजिक बसेको अनुमान गरिएको छ ।