
दाङ, ११ असार । दाङको तुलसीपुरमा सामुदायिक रेडियोमा कार्यरत पत्रकारका लागि क्षमता विकास तालिम शुरू भएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोर्याव) को प्राबिधिक सहयोगमा तुलसीपुरमा रहेको रेडियो हाम्रो पहुँचले सामुदायिक रेडियोकर्मीका लागि तीन दिने क्षमता विकास तालिम सञ्चालन गरेको हो । हिजो शुक्रबारदेखि शुरू भएको तालिम भोलि आइतबारसम्म सञ्चालन हुने छ ।
तालिमको पहिलो दिन शुक्रबार रेडियोको व्यवस्थापनदेखि बजारीकरणमा भएका सम्भावनाको विषयमा तालिम प्रदान गरिएको रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर वसन्त पौडेलले जानकारी दिए । सामुदायिक रेडियोलाई सबलरुपमा सञ्चालन गर्नका लागि रेडियोमा कार्यरत पत्रकारलाई सक्षम बनाउन तालिमको आयोजना गरिएको उनले बताए ।
तालिमको प्रशिक्षकमा सामुदायिक रेडियो संघ अकोर्याबका म्यानेजर दिपक आचार्य छन् । उनले प्रशिक्षण दिँदै रेडियोलाई बलियो बनाउन आर्थिक सवलीकरणमा जोड दिन आवश्यक रहेको बताए । रेडियोलाई आर्थिक रुपमा सक्षम बनाउन बिज्ञापनको स्रोत, रेडियोको पहिचान, प्राविधिक पक्षलगायतका कुरालाई बसल बनाउनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा अकोर्यावका केन्द्रीय सदस्य तथा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सञ्चारकर्मीकै कम सक्रियताले संभावना र अवसर गुम्ने गरेको बताए । सञ्चार क्षेत्रमा प्रशस्त अवसर र सम्भावनाहरु भएको भएकाले व्यावसायिक पत्रकारितामा जोड दिनुपर्नेमा उनले जोड दिए । रेडियोलाई सवलरुपमा सञ्चालनका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।
यस्तै अकोर्यावका केन्द्रीय सदस्य संगित बस्यालले पछिल्लो समय पत्रकारले अनुसन्धानभन्दा अनुमानले समाचार लेख्दा पत्रकारिताप्रतिको विश्वास घट्दै गएको बताउँदै पत्रकार आफै दक्ष भएमात्र अनुसन्धानका बिषयमा कलम चलाउन सकिने बताए ।
तालिममा रेडियो हाम्रो पहुँचसहित पश्चिम दाङका पाँच वटा सामुदायिक रेडियाका रेडियोकर्मीको सहभागीता छ ।















प्रतिक्रिया