४ कार्तिक २०८३, बुधबार

दैवि प्रकोप उद्धार समितिले कैलालीका भूकम्प पीडितलाई त्रिपाल बाड्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kailali_district_20140302110941धनगढी, १९ वैशाख । महाभूकम्पमा परेर अलपत्र परेकाहरुका लागि कैलाली जिल्ला दैवि प्रकोप उद्धार समितिले २०० थान टेन्ट खरिद गर्ने निर्णय गरेको थियो ।

जसका लागि कैलाली उघोग वाणिज्य संघको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो । समितिमा समितिमा निर्माण व्यवसायी संघ, नेपाल पत्रकार महासंघ कैलाली, यातायात व्यवसायी समिति, नागरिक समाज, व्यावसायी श्यामसुन्दर तायल र ओमप्रकाश अग्रवाल रहेका छन् ।

टेन्ट खरिदका लागि यसअघि विभिन्न गैरसरकारी तथा व्यवसायीहरुले ६ लाख २९ हजार रुपैयाँ दिने वचनवद्धता गरेका थिए ।
शनिबार बसेको समितिको बैठकमा विभिन्न गैरसरकारी तथा सामाजिक संघसंस्था, व्यावसायी तथा समाजसेवीहरुले थप ३ लाख १६ हजार रुपैयाँ दिने वचनवद्धता गरेका छन् ।

शनिबार वचनवद्धता गर्नेमा पर्यावरण एवं वातावरण पैदावर व्यावसायी संघ कैलाली (८० हजार),सीपी अस्पताल प्रालि धनगढी (११ हजार), कैलाली अस्पताल प्रालि धनगढी (२० हजार), सुदूरपश्चिम यातायात भलाई कोष (१ लाख २१ हजार), ईलेक्ट्रोनिक्स डिलर्स एशोसिएसन अफ नेपाल (२१ हजार), होटल व्यावसायी संघ (१५ हजार), गुगल विजनेश सेन्टर धनगढी (७ हजार ५ सय), प्रेम स्टोर (१० हजार) र तारानगर टोल व्यवस्थापन समाज (३१ हजार) रहेका छन् ।

कैलाली जिल्ला दैवि प्रकोप उद्धार समितिमा व्यवसायीहरुले सहयोग गरेको रकम ३ लाख १६ हजार रहेको कैलाली उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक ज्योती भट्टले बताएका छन् ।