– सुदीप अधिकारी
बर्दिया, १९ वैशाख । जिल्ला विकास समिति बर्दियाले जिल्लामा सञ्चालनमा रहेका विभिन्न योजनाहरुको अनुगमन गर्ने कार्यलाई तिव्रता दिएको छ । योजनाहरुको प्रभावकारी कार्यान्वयका लागि अनुगमन गरिरहेको जिल्ला विकास समितिले जनाएको छ ।
समयमै योजना सम्पन्न भए नभएको अनुगमन गर्नुका साथै योजनाको पारदर्शिता, शुसासन र विधिको शासन कायम गर्न जिल्ला विकास समितिले योजना अनुगमन गर्ने कार्य गरिरहेको स्थानिय विकास अधिकारी डिल्लीराम सिग्देलले बताए
स्थानिय विकास अधिकारीको अगुवाईमा प्रमुख जिल्ला अधिकारी, राजनैतिक दलका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी र पत्रकारसहितको टोलीले विकास आयोजनाहरुको अनुगमन गरिरहेको स्थानिय विकास अधिकारी सिग्देलले बताए । समयमै योजना सम्पन्न नगर्ने प्रवृतीको अन्त्य गर्न अनुगमनलाई विशेष जोड दिइएको उनले बताए ।
टोलीले शुक्रबार र शनिबार जिल्लामा संचालन भएका विभिन्न विकासका आयोजनाको अनुगमन गरेको छ । टोलीले बबई सिचाई आयोजनाले संचालन गरेको नहर मर्मत र ड्याम निमार्ण, विभिन्न स्थानमा निमार्ण भइरहेको कुलो बाँध, विभिन्न विद्यालयहरुमा भइरहेको भौतिक निर्माण लगायतको अनुगमन गरेको छ ।
यसैगरी राजापुर क्षेत्रमा संचालनमा रहेका योजनाहरुको अनुगमन पनि गरिने कार्यालयले जनाएको छ । अनुगमनका क्रममा टोलीले स्थानिय सरोकारवालाहरुसँग स्थानिय स्तरमा अन्तरक्रिया पनि गर्ने गरेको छ । टोलीले जिल्लाको नेउलापुर, शिवपुर, ठाकुरद्धारा लगायतका गाविसमा स्थानिय वातावरण अनुकुलन परियोजनाअन्र्तगत सञ्चालन गरिएका योजनाको पनि अनुगमन गर्ने गरेको छ ।
विभिन्न योजनाहरु अनुगमन गर्दा योजनाको कार्यान्वयन सन्तोजनकरुपमा भइरहेको स्थानिय विकास अधिकारी डिल्लीराम सिग्देलले बताए ।















प्रतिक्रिया