
काठमाडौँ, १० असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका विश्वासपात्रहरुले उनको खेदो खनेका छन् ।
नेपालसँग नजिक भनेर चिनिएका कृष्णलाल महर्जन, विरोध खतिवडाले नै नेपालविरुद्ध प्रस्तुत भएका छन् ।
नेकपा एसले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णयको विरोधमा शुक्रबार १० जना सांसदहरुले ८ बुँदे लिखित चुनौती प्रस्तुत गरेका थिए ।
जसमा उनीहरुले अध्यक्ष नेपालले गरेको निर्णय गलत भएको भन्दै आलोचना गरेका छन् ।
माधव नेपालले पार्टीको निर्णयलाई तुरुन्तै कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिइरहेका बेला उनकै विश्वासपात्रहरु त्यसको विरुद्धमा उत्रिएका हुन् । जसले एकीकृत समाजवादी भित्रको विवाद सतहमा देखिएको छ ।
विशेषगरी मन्त्रिपरिषद पनुर्गठनमा सम्मानित नेता झलनाथ खनाल निकटलाई मन्त्रि बनाउन लागिएको भन्दै नेपाल निकट नेताहरुले विरोध जनाएको बताइएको छ ।















प्रतिक्रिया