
काठमाडौँ, १० असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओमानबाट आएका यात्रुबाट १०० ग्राम सुन बरामद भएको छ ।
शुक्रबार सलाम एयरवेजको उडान नं. ४२७ मार्फत काठमाडौँ आएका सिराहाका निरन्जन कुमार सिंहबाट सुन बरामद भएको हो ।
उनलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।
भन्सार कार्यालयका अनुसार सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर १०० ग्राम सुन लुकाई ल्याएका थिए ।















प्रतिक्रिया