
काठमाडौँ, १० असार । कामना सेवा विकास बैंक लिमिटेडले शुक्रबार कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं. ०५ को अमौरामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
जानकी गा.पा. वडा नं ०५ अमौरास्थित राम चौधरी तयारी पोसाक उद्योग (प्रो. राम चौधरी) लाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
वडा नं. ०५ का वडा अध्यक्ष भिम बहादुर चौधरीले शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा वडा नं. ०५ का अन्य जनप्रतिनिधिहरु, व्यवसायिक प्रतिनिधि, स्थानीय तथा बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
शाखारहित बैंकिङ्गमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रमा बैंक प्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।















प्रतिक्रिया