
चितवन, १० असार । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक २०७९ ८० का लागि ५ अर्व ७४ करोड ४२ लाख ५६ हजारको बजेट प्रस्तुत गरेको छ ।
शुक्रबार महानगरका उपप्रमुख चित्रसेन अधिकारीले बजेत सार्वजनिक गरेका हुन् ।
बजेटमा आन्तरिक आय १ अर्व ५० करोड, अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट १ अर्व ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजश्व बाँडफाँटबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त हुने अनुमान छ ।
त्यस्तै जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्व ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड, जिल्ला समन्वय समितिबाट ५ करोड आउने प्रक्षेपण गरिएको छ ।
बजेटमा महानगरका २९ वटा वडालाई सम्वन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख बजेट विनियोजन भएको छ ।















प्रतिक्रिया