२ कार्तिक २०८३, सोमबार

पूर्वप्रमुख प्रशासकीय अधिकृतविरुद्ध १ करोड २० लाखको भ्रष्टाचार मुद्दा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असार । बाराको जितपुर सिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा छुट्टाछुट्टै सप्लायर्सविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं विरुद्ध १ करोड २० लाख २८ हजार ९० रुपैयाँ, न्यू पाथिभरा सप्लायर्स, हेटौंडा–४, मकवानपुरकी प्रोपाइटर मीनाकुमारी श्रेष्ठविरुद्ध १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ भ्रष्टाचार गरेको भन्‍दै शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

सेढाईविरुद्ध पसाहा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री गरेको आरोपमा उनीविरुद्ध ९९ लाख ९९ हजार ९९९ रुपैयाँ हिनामिना गरेको अख्तियारको आरोपत्रमा उल्लेख छ ।

त्यस्तै अख्तियारले ओम सप्लायर्सले ठेक्का सम्झौता अनुरुपको कार्य नगरी गैरकानूनी रुपमा उत्खनन् गरी विक्रीवापतको रकम नुबझाएको भन्‍दै सप्लायर्सका प्रोपाइटर ओम शंकर प्रसादविरुद्ध १ करोड ३८ लाख ९९ हजार ९९८ रुपैयाँ मुद्दा दायर गरेको छ ।