२ कार्तिक २०८३, सोमबार

कामना सेवाको केएस आइमोबाइलमा अब नेपाल पे क्यूआर उपलब्ध

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असार । कामना सेवा विकास बैंक लिमिटेडद्वारा नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल पे क्यूआरलाई आफ्नो मोबाईल बैंकिङ्ग (केएस आइमोबाइल)मा एकीकृत गरिएको छ ।

बैंकले बिहीबारबाट नेपाल पे क्यूआरका मर्चेन्टहरुलाई केएस आइमोबाइलको क्यूआर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्न मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ्ग एप अपडेट गरेको छ ।

यससँगै कामना सेवा विकास बैंक, नेपाल पे क्यूआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । यो सहकार्यसँगै कामना सेवा विकास बैंकका ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैकिङ्ग एपमा उपलब्ध क्यूआर पेमेन्ट प्रयोग गरी नेपाल पे क्यूआरका मर्चेन्टहरुलाई रकम भुक्तानी गर्न सक्नुहुनेछ ।