२८ आश्विन २०८३, बुधबार

नायिका रागिनी खड्गी बेपत्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ragini-khadgi

बलिउडमा जसरी कलिउडमा चलेका कलाकारका छोराछोरी फिल्ममा जम्न सकेका छैनन्। बुबाआमाका कारण एक-दुई फिल्म पाए पनि अधिकांश किनारा लागेका छन्। द्वन्द्व निर्देशक तथा निर्माता राजेन्द्र खड्गीकी छोरी रागिनी खड्गी पनि यसको उदाहरण हुन्।

दुई वर्षअघि दुलही रानीबाट डेब्यु भएकी रागिनी अझ स्थापित हुन सकेकी छैनन्। प्लान, मेरो जीवन साथी, कर्कशजस्ता फिल्म रिलिज भए पनि उनको करिअरमा कुनै फाइदा पुगेन। ३० फागुनमा रिलिज भएको फिल्म ब्रह्माले पनि निकै कमजोर व्यापार गरेपछि रागिनी गुमनामजस्तै बेपत्ता भएकी छन्।

बिना प्रचारप्रसार रिलिज भएको यो फिल्मको व्यापार राम्रो नभएको वितरकहरू बताउँछन्। करिअर धरापमा रहेका बेला रिलिज भएको फिल्मले लाजमर्दो व्यापार गरेपछि कतै उनि बेपत्ता भएकी त होईनन ???

(ग्ल्यामर नेपाल)