
महोत्तरी, १० असार । महोत्तरीको जलेश्वर कारागारका एक कैदीको मृत्यु भएको छ । महोत्तरी लोहारपट्टी नगरपालिका १ का ८० वर्षीय राजकरण यादव रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
२ वर्षअघि जिल्ला अदालत जलेश्वरले कर्तव्य ज्यान मुद्दाको फैसलामा उनलाई २० वर्ष जेल सजाय सुनाएको थियो । ८० वर्ष पुगेका र पुरानो रोग रहेकाले उपचारकै क्रममा उनको ज्यान गएको जलेश्वर कारागार महोत्तरीका जेलर अशोककुमार क्षेत्रीले जानकारी दिए ।
कारागारका अनुसार शुक्रबार बिहान २ बजे यादवलाई असहज भएपछि जलेश्वर अस्पताल लगिएको थियो । अस्पताल लगेपछि उनको मृत्यु भएको क्षेत्रीले बताए ।















प्रतिक्रिया