४ कार्तिक २०८३, बुधबार

धनको मायाले भूकम्पबाट क्षतिग्रस्त घरभित्र पस्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ वैशाख । विनाशकारी भूकम्पले क्षति भएको आफ्नो घरभित्र बिहान सामान लिन जाने क्रममा आज पुरिएकी एक महिलाको तत्काल उद्धार गरिएको छ ।

शङ्खरापुर नगरपालिका–११ साँखु शाल्खा टोलकी ४५ वर्षीया माया विष्टलाई सशस्त्र प्रहरी बलको सर्च एन्ड रेस्क्यु टोलीले जीवितै उद्धार गरेको भूकम्पपीडित स्थानीयवासी पवनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

बिहान करिब ८ बजेतिर पुरिएकी ती महिलालाई १० मिनेटमै उद्धार गरिएको श्रेष्ठको भनाइ छ । शरीरका विभिन्न भागमा चोटपटक लागेकी विष्टको मलेसियाली स्वास्थ्य शिविरमा उपचार गरिएको छ । रासस