२ कार्तिक २०८३, सोमबार

१० लाख जरिवानासहित कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १० असार । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रामेछाप लिखु तामाकोशी गाउँपालका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई वुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ चैत ७ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा ४ दिन र १० लाख १२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं तीनकुनेबाट पक्राउ गरेको हो ।

खड्काले प्रभु बैंक लिमिटेड कोटेश्वर शाखाको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भनी जानी–जानी पीडितलाई झुक्यानमा पारी चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।