
काठमाडौँ, १० असार । नेपालमा मनसुन सुरु भएसँगै आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्यदेखि पुर्ण बदली रही बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको विभागको जनाएको छ ।
काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ । आज दिउँसो पनि उपत्यकामा पानी पर्ने महाशाखाले जनाएको छ ।















प्रतिक्रिया