२ कार्तिक २०८३, सोमबार

आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटलबीच नगदरहित सेवा सम्झौता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रा.लि.बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेशनल हस्पिटलका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमा लेखको सीमासम्म चिरायु नेशनल हस्पिटलबाट नगदरहित हस्पिटलाईजेशसन सुविधा प्राप्त गर्न सकिने छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले चिरायु नेशनल हस्पिटलले आफना ग्राहक महाानुभावहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आइजीआइ औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमा लेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।