
काठमाडौँ, ९ असार । झापा बिर्तामोडकी १३ वर्षीया बालिकालाई भारत लैजान खोजेको आरोपमा प्रहरीले एक युवक र एक युवतीलाई पक्राउ गरेको छ ।
शनिबार स्कुलमा डान्स क्लास छ जान्छु भन्दै हिँडेकी उनी शनिबार साँझसम्म पनि घर नफर्केपछि आफन्तले इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका थिए ।
आइतबार प्रहरीले बालिकालाई विराटनगरमा भेटायो । उनलाई युवक र युवतीले भारततर्फ लैजाँदै गरेको अवस्थामा भेटिएको हो ।
‘साना हात नेपाल’ नामक संस्थाको सहयोगमा ती बालिकालाई प्रहरीको नाकाबाट उद्धार गरेको थियो ।
प्रहरीका अनुसार शनिबार बालिकालाई हिराकुमार सहनीको डेरामा राखिएको र भोलिपल्ट भारततर्फ लैजाँदै गरिएको अवस्थामा भेटिएको हो ।
प्रहरीले भारत मजतपुर घर भई झापाको बिर्तामोड नगरपालिका– ५ मुक्तिचोकमा डेरा गरी बस्दै आएका २३ वर्षीय हिराकुमार र बाराको कोल्वी नगरपालिका – ४ की १९ वर्षीय सिरिसा सिंह महथालाई गरेको छ । उनीहरु प्रेमीप्रेमिका रहेको प्रहरीको भनाइ छ ।
उनीहरुले बालिकालाई बेच्न लगेको प्रहरीले आशंका गरेको छ । पक्राउ परेकाविरुद्ध मानव वेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।















प्रतिक्रिया