
काठमाडौँ, ९ असार । नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरेको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो ।
इन्टरनेट लिज लाइन टारिफः

इन्ट्रानेट जिल लाइन टारिफ:

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले रु. २,५०० रहेकोमा अब रु. १,६०० मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि रु. २,३०० बाट घटाएर रु. १,६०० नै कायम गरिएको छ ।
५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः रु. २,१०० र रु. १,९०० रहेकोमा अब दुवैको महशुल दर रु. १,५०० कायम गरिएको छ ।
इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल रु. २,७०० रहेकोमा अब रु. २,४००, ११ देखि १०० एमबीपीएसको रु. २,४०० रहेकोमा अब रु. २,१०० र १०० एमबीपीएस भन्दा बढीको रु. २,१०० रहेकोमा अब रु. १,८०० कायम गरिएको छ ।
नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ ।
यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधँै बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ ।















प्रतिक्रिया