२ कार्तिक २०८३, सोमबार

लोसपा नेता गुप्ता एमाले प्रवेश गर्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । रौतहटको गौर नगरपालिकाका पूर्वमेयर एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अजय कुमार गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि गुप्ता पार्टी प्रवेश गर्न तयार भएका हुन् ।

ओलीसँगको भेटपछि पार्टी प्रवेशका लागि २३ गतेको दिन तय भएको हो । उनलाई प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट टिकट दिने सहमति भएको बताइएको छ ।