
काठमाडौँ, ९ असार । काठमाडौँमा हैजा संक्रमण पुष्टि भएपछि स्थानीयमा त्रास छाएको छ ।
पछिल्लो ३ दिनमा ५ जनामा हैजा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पूर्व रोकथामको कार्य नगरेको सरकरले हैजा देखिएसँगै सरकारले हैजा नियन्त्रणका लागि एक टोली बनाएर काम गर्न थालेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार काठमाडौँमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन तथा रोकथामका लागि पनि ५ जनाको टोलीलाई काम गर्न दिइएको छ ।
टोलीको संयोजकमा जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका महामारी तथा रोकथाम नियन्त्रण फोकल पर्सन रामकृष्ण फुयाल रहेका छन् ।
वुधबार परीक्षण गर्दा काठमाडौंको बागबजारका दिदी बहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको थियो । त्यसै क्षेत्रका परिवारमा हैजा संक्रमण पनि देखिएको थियो । यससँगै चिकित्सकहरुले पानीलाई उमालेर पिउन सुझाव दिएका छन् ।















प्रतिक्रिया