
काठमाडौँ, ९ असार । पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट १ केजी ३६ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानरपालिका-९ शिवटोल बस्ने १९ वर्षीय निखिल खड्का सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त ठाउँमा लागूऔषध गाँजा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
।















प्रतिक्रिया