२ कार्तिक २०८३, सोमबार

भूकम्पले क्षतिग्रस्त अफगानिस्तानद्वारा अन्तर्राष्ट्रिय सहयोगको अपिल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । भूकम्पले क्षतिग्रस्त अफगानिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । भूकम्पबाट त्यहाँ एक हजारभन्दा धेरै नागरिकको ज्यान गएको छ ।

तालीबान सरकारले उद्धार, पुनर्स्थापना र पुरिएका नागरिकको खोजीका लागि आवश्यक सहयोगको अपिल गरेको हो । तालीबानले अन्तर्राष्ट्रिय सहायताको लागि आग्रह गरेको काबुलमा रहेको युनिसेफ कार्यालयलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

भूकम्पले भत्काएका संरचनाभित्र के–कति मानिस पुरिएका छन् भन्नेबारेमा पूर्ण जानकारी आइसकेको छैन । घाइतेको उपचार भइरहेको छ । उद्धार तथा व्यवस्थापनको काम पनि भइरहेको छ । तर घरबासविहीनलाई सुरक्षित ठाउँमा राख्ने काम चुनौतीपूर्ण रहेको तालीबान सरकारले जनाएको छ ।