२ कार्तिक २०८३, सोमबार

गीतकार प्रकाश योञ्जनले पाए सर्वोत्कृष्ट गीतकार अवार्ड

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गीतकार प्रकाश योन्जनले यो वर्षको नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२२ मा सर्वोत्कृष्ट गीतकारको उपाधि पाएका छन् ।

यस वर्ष ‘परदेश’ गीतका लागि उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । टीका बम्जनले संगीत गरेको उक्त गीतलाई पवन लामाले संगीत संयोजन गरेका थिए ।

त्यस्तै गायक प्रमोद खरेलले गाएको गीतलाई उमेश गुरुङ्ले निर्देशन, कमला अमगाइले निर्माण, सम्भु चालिसेले भिडियोलाई छायांकन गरेका थिए । गीतको भिडियोमा महेश खड्का, उषा सुवेदी, लोकेश काएमभा र प्रशुना केसीको अभिनय समेटिएको छ ।

सिन्धुपाल्चोक निवासी गीतकार योन्जन ‘आमालाई चाहियो रे’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।