
लमजुङ, ८ असार । अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत उदिपुर सडकखण्ड चार दिनपछि सञ्चालनमा आएको छ ।
वैकल्पिक ट्र्याक खोलेर सडक सञ्चालमा ल्याइएको हो । शनिबार साँझदेखि परेको लगातार वर्षाका कारण बेँसीशहर नगरपालिका १ उदिपुरको देउराली डाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो ।
उदीपुरमा गएको पहिरोको तल मर्स्याङ्दी किनारबाट वैकल्पिक सडक निर्माण मार्ग खोलिएको हो ।
आइतबारदेखि नै वैकल्पिक सडक निर्माण गर्न लागिएको थियो । वुधबार साँझ साढे ७ बजेबाट सडक सुचारु गरीएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताएका छन् ।
पहिरो तल मर्स्याङ्दी नदी किनारबाट नेपाली सेनाको चण्डीप्रसाद गण हुँदै उदीपुर निस्कने बैकल्पिक मार्ग प्रयोग गरिएको उनले बताए ।















प्रतिक्रिया