४ कार्तिक २०८३, बुधबार

राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी संघ तथा पर्वतारोही संजयद्वारा भुकम्प पीडितलाई राहत वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanjay-deepakकाठमाडौं, १९ वैशाख । नेपाल राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी संघ, वेजिङ युके कम्यूनिटी तथा संजय पण्डित फाउण्डेसनको संयुक्त प्रयासमा काठमाडौंको विकट ठाउँ सानटारी स्थित गाजलफेदी गा.वि.स.मा करिव एक ट्रक समान दाल, चामल, विस्कुट, तेल, त्रिपाल तथा अन्य अत्यावश्यक बस्तुहरुको वितरण गरिएको छ ।

सानटारीको वितरण कार्यक्रममा एनएनआपिका अध्यक्ष तथा किर्तिमानी खेलाडी दिपक विष्ट, महासचिव दिपक श्रेष्ठ उपाध्यक्ष केदारमान स्थापित सदस्य दिपक थापा तथा संजय पण्डित फाउण्डेसनका अध्यक्ष लामो दुरीका धावक एवम् किर्तिमानी विश्व पर्वतारोही संजय पण्डितले संयुक्त रुपमा हस्तान्त्रण गरेका थिए ।

राहत वितरण कार्यक्रममा सरकारको अनुपस्थितीमा पनि देशकै दुत बनेर खेलाडीहरुले विकट गाउँ प्रति देखाएको सहयोग प्रति स्थानीय अत्यन्त खुशी देखिन्थे । कार्यक्रमको संयोजन तेक्वान्दो खेलाडी अशोक खड्काले गरेका थिए ।

Sanjay-deepak